इन्डियन आइडलपछि ‘सारेगामापा’ होस्ट गर्दै आदित्य |
नयाँ दिल्ली । इन्डियन टिभी रियालिटी शोका चर्चित प्रस्तोता आदित्य नारायण अहिले ‘इन्डियन आइडल’ चलाइरहेका छन्। दुई दिनपछि ‘इन्डियन आइडल’को फाइनल कार्यक्रम हुने तय भइसकेको छ।
त्यसपछि उनी रियालिटी शोमै रहने पक्कापक्की भएको छ। भारतीय टेलिभिजनको चर्चित अर्को रियालिटी शो ‘सारेगामापा’ उनले होस्ट गर्ने पक्का भएको हो।
उनले उक्त रियालिटी शोको प्रस्तोता आफू नै रहेको बताउँदै हरेकपल्ट आफू नयाँ रियालिटी शो प्रस्तुत गरिरहेको महसुस गर्ने बताएका छन्।
उनले टाइम्स अफ इन्डियासँग भनेका छन्,‘मैले यसअघि पनि आफ्नो दिमागलाई बेबकुफ बनाएको छु। म फेरि त्यस्तै गर्छु।’
गायन रियालिटी शो सामान्यतया उस्तै हुन्छन्। त्यसैले आदित्यले त्यसलाई प्रस्तुत गर्ने आफ्नो तरिका बदल्ने प्रयासु गरिरहेका हुन्छन्।
उनी भन्छन्, ‘सारेगामापामा मेरो अप्रोच अलिकति भारतीय हुन्छ। जहाँ हिन्दी भाषामा खाश ध्यान दिइन्छ।’
केही दिनअघि उनले कार्यक्रम प्रस्तोताबाट बिदा लिएर अरु नै केही गर्ने बताएका थिए। तर, फेरि मन फेरका छन्। उनले यसलाई आफ्नो अन्तिम कार्यक्रममध्ये एक बताएका छन्।