दिव्यश्वरी हाइड्रोपावरको नोक्सानी ३ करोडभन्दा माथि |
काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा ३ करोडभन्दा बढी नोक्सानी व्यहोरेको छ।
असार मसान्तसम्ममा कम्पनीले ३ करोड ३ लाख ४५ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ३४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो।
नेपाल विद्युत प्राधिकरणसँग भएको पीपीए सम्झौता अनुसार वर्षा याममा सम्झौता भए अनुसारको इनर्जी खरिद नगरिदिएका कारण आयोजनालाई नोक्सानी भइरहेको वित्तीय विवरणमा उल्लेख छ। र कोशी कोरीडोरको कार्य सम्पन्न नभएसम्म यो समस्या यथावत रहने पनि कम्पनीले बताएको छ।
सो अवधिसम्ममा कम्पनीको कुल नोक्सानी २० करोड ५३ लाख ६६ हजार रुपैयाँ रहेको छ। कम्पनीले असार मसान्तसम्ममा विद्युत बिक्री बापत ७ करोड १ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.३१ प्रतिशत कम हो।