सिनर्जीको बोनस तथा हकप्रद घोषणा |

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। यसका साथै कम्पनीले सो बोनस शेयर वितरण पश्चात हकप्रद शेयर पनि निष्काशन गर्ने घोषणा गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
त्यसैगरी, बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतशित अर्थात २ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने पनि घोषणा गरेको हो।
हाल कम्पनीको चुक्ता पूँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँ छ। १० प्रतिशत बोनस शेयर वितरण गरेपश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ। त्यसैगरी, सो चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गरेपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार ५०० रुपैयाँ पुग्नेछ।
साउन २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा बोनस शेयर र हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।
आगामी वार्षिक साधारण सभामा कम्पनीले सो प्रस्ताव पेश गर्नेछ।