एचआईडिसीएलको हकप्रदमा आवेदन दिने म्याद थप, भदौ ८ गतेसम्म आवेदन दिने सकिने |
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल)ले साउन ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा अब भदौ ८ गतेसम्म आवेदन दिने सकिने भएको छ।कम्पनीले एक सय रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद निष्काशन गरेको हो।
हकप्रद निष्काशनका लागि कम्पनीले जेठ २८ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार जेठ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमाग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन्।