एनआरएनए फ्रान्सको अध्यक्षमा गीता खनाल निर्वाचित |

पेरिस । गैरआवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको अध्यक्षमा गीत खनाल निर्वाचित भएकी छन् ।३८ मतान्तरले विजयी भएकी खनाल एनआरएनए फ्रान्सको पहिलो निर्वाचित महिला अध्यक्ष हुन् ।
नेपालको तनहुँ घर भएकी खनालले कुल ४५८ मध्ये २४८ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी मीनबहादुर श्रेष्ठले २१० मत पाए ।
खनाल यसअघि वरिष्ठ उपाध्यक्ष थिइन् । उनको प्यानलका एक सदस्य बाहेक सबै विजयी भएका छन् ।
कार्यसमिति उपाध्यक्षमा द्द४८ मत सहित शिवराम भण्डारी र २२६ मतका साथ लोकबहादुर पुन विजयी भए भने महासचिवमा २५३ मतका साथ दिलीप गुरुङ निर्वाचित भएका छन् ।
यसैगरी, सचिवमा २५२ मतका साथ कमलविक्रम केसी र कोषाध्यक्षमा २३० मतका साथ टीकादत्त अधिकारी निर्वाचित भए ।
आईसीसी सदस्यमा भने अमरबहादुर भण्डारी र एकबहादुर मल्ल दुवै जनाले २२५ मत ल्याएका छन् ।