१९ सिटर फोटोन भ्यान भ्यु सीएस२ एलप्रति आकर्षण बढ्दो |
काठमाडौं । नेपाली भ्यान बजारमा पछिल्लो एक वर्षयता १९ सिटर फोटोन भ्यान भ्यु सीएस२ एल मार्केट लिडर भएको दावी गरिरहेको छ। एमएडब्लू वृद्धिले नेपालकै पहिलो र एक मात्र १९ सिट क्षमता भएको भ्यु सीएस२ एल नेपाली बजारमा ल्याएको धेरै भएको छैन ।
तर, गाडी प्रति ग्राहकको आकर्षण बढ्दो रहेको छ। २.८ लिटरको शक्तिशाली कमन्सिको डिजेल इन्जिनले अधिकतम १ सय १० किलोवाट पावर र ३ सय ३० एनएम टर्क उत्पन्न गर्छ। यसमा पाँच स्पिडको म्यानुअल ट्रान्समिसन रहेको छ।
यात्रुको सुरक्षाका लागि यसमा चालक र एसिस्ट्यान्टको लागि एअरब्यास, इबिडीसहितको एबिएस, डेटाइम रनिङ लाइट, फ्रन्ट फगल्याम्प, रिभर्स राडार लगायतका विशेषता छन्।
त्यसैगरी, यात्रुको आरामको लागि यसमा हरेक सिटमा हेडरेस्ट, सिट बेल्ट, एसी र अन्तिम सिट आरामदायी छ।
साथै, यसमा इलेक्ट्रिक फ्रन्ट विन्डो र इलेक्ट्रिक ओराभिएम राखिएको छ। १९ सिटर फोटोन भ्यान भ्यु सीएस२ एल बजारमा उपलब्ध प्रतिस्पर्धी उत्पादनको तुलनामा बढी शक्तिशाली र स्टाइलिस मात्र नभई बहुउपयोगी भएको कम्पनीका सेल्स हेड नबिन आचार्यले बताए ।
उनले भने,’देख्दा र सुन्दा ३ सिट मात्र फरक भए पनि व्यावसायिको आम्दानी अन्य गाडीको तुलनामा अनपेक्षित बढी हुन्छ यस कारण पनि फोटोन भ्यान भ्यु सीएस२ एल प्रति आकर्षण बढेको हो ।’