एनआइबिएल प्रगति र समृद्धि फन्ड–१ को बुक क्लोज मिति घोषणा |
काठमाडौं । एनआइबिएल एस क्यापिलको व्यवस्थापनमा सञ्चालित एनआइबिएल प्रगति फण्ड र एनआइबिएल समृद्धि फण्ड–१ को लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ ।
क्यापिटलले लाभांश वितरण प्रयोजनका लागि दुवै फण्डको साउन २९ गते बुक क्लोज गर्ने भएको छ। दुवै फण्डको प्रस्तावित लाभांश प्राप्त गर्न इच्छुक लगानीकर्ता साउन २८ गतेसम्म इकाईधनी बनिसक्नु पर्ने हुन्छ ।
एनआइबिएल प्रगति फण्डले करसहित ५० प्रतिशत नगद लाभांश वितरण गर्दैछ भने एनआइबिएल समृद्धि फण्ड–१ ले पनि करसहित ३५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो।