नायक प्रदीप खड्काले लमही पुगेर सार्वजनिक गरे टीभीएस एनटर्क आरटीएफआई बीएस६ स्कुटर |
लमही । टीभीएस एनटर्क आरटीएफआई बीएस६ स्कुटर दाङको लमहीमा सार्वजनिक भएको छ ।
लमही मोटर्सले आज एक कार्यक्रमको आयोजना गरी कलाकार तथा जगदम्बा मोटर्सका ब्राण्ड एम्बेसडर प्रदीप खड्का, जगदम्बा मोटर्सका मार्केटिङ प्रमुख विक्रम पौडेल, लमही मोटर्सका प्रमुख सुदीप पाण्डेद्वारा सार्वजनिक गरिएको हो ।
टीभीएस एनटर्क अहिले नेपाली बजारमा निकै लोकप्रिय हुँदै आएको स्कुटर हो । नयाँ बीएस ६ तथा त्यसमा भएको एफआई सिस्टमले यस १२५ सीसीको स्कुटर लागि थप पावरफुल र उत्कृष्ट माइलेज दिने कम्पनीका प्रतिनिधिले जानकारी गराए ।
दाङ जिल्लाका लागि लमही मोटर्स टीभीएसको आधिकारीक डिलर हो ।