दैनिक नयाँ उचाई कायम गर्दै नेप्से, १२.०५ अंकले बढेर ३१२३.१५ विन्दुमा पुगे |
काठमाडौं । शेयर बजार मापक नेप्से सूचकले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ। गत मंगलबार नयाँ रेकर्ड बनाएको नेप्से सूचकले बुधबार उक्त रेकर्डलाई तोड्दै नयाँ उचाई कायम गरेको छ ।
बुधबार नेप्से सूचक १२.०५ अंकले बढेर ३१२३.१५ विन्दुमा पुगेको छ। यो नेप्सेले कायम गरेको हालसम्मकै उच्च विन्दु हो। यस्तै बुधबार सेन्सेटिभ इन्डेक्स पनि ०.७० अंकले बढेको छ ।
बुधबार कारोबार रकम समेत बढेको छ । मंगलबार साढे ११ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम साढे १५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। यस दिन १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँ बराबरको २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर कारोबार भएको छ ।
बुधबार ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ जसमा अधिकाँश हाइड्रोपावर कम्पनी रहेका छन्।
बुधबार अपि पावर, खानिखोला हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर, कालिका पावर, अपर तामाकोशी, घलेम्दी हाइड्रोपावर र युनियन लाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ।