बोटलर्स नेपाल लिमिटेडका तीन युनियनले भने, ‘कम्पनी र युनियनहरु बीच सधै सुमधुर सम्बन्ध’ | कम्पनीका सबै कारोबारमा उच्च नैतिक मापदण्डको पालना

काठमाडौं । बोटलर्स नेपाल लिमिटेडका तीन मजदुर युनियनहरुले विगत केही समयदेखि केही संचार माध्यममा बोटलर्स नेपाल लिमिटेड तथा सो संस्थासँग सम्बन्धित ट्रेड युनियनका विषय जोडेर आएका समाचारप्रति कम्पनी तथा युनियनहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
कम्पनीका तीन मजदुर युनियनहरु अखिल नेपाल औद्योगिक मजदुर संघ वोटलर्स नेपाल लिमिटेड, नेपाल कारखाना श्रमीक संघ र समग्र उद्योग ट्रेड युनियन नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता समाचारहरुको खण्डन गरेका हुन् ।
विभिन्न संचार माध्यममा आएका समाचारले कम्पनी तथा सो कम्पनीसँग सम्बन्धित मजदुरहरु र युनियनको प्रतिष्ठा र नैतिकतामाथि नै आँच ल्याउने अभिप्राय रहेको उनीहरुको ठहर छ ।
कम्पनी र युनियनहरु बीच सधै सुमधुर सम्बन्ध रहेको र संचार माध्यममा उल्लेख गरिए अनुसार युनियन सदस्यहरुमा कुनै प्रकारको दबाब नरहेको स्पष्टीकरण विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कम्पनीले नेपाल सरकारले तोकेको नियम, कानूनप्रति प्रतिबद्ध रही इमानदार र पारदर्शी रुपमा काम गर्दै आएको उल्लेख गरेका छन् ।
कम्पनीले सबै कारोबारमा उच्च नैतिक मापदण्डको पालना गर्दै जिम्मेवारीपूर्वक व्यवसाय गर्दै आईरहेको विज्ञप्तिमा उल्लेख छ ।