कुमारी इक्विटी फन्डले घोषणा गर्यो लाभांश |
काठमाडौं । कुमारी इक्विटी फन्डले ५% नगद लाभांश दिने भएको छ । कोष व्यवस्थापक कुमारी क्यापिटलको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट इक्विटी फन्डका इकाईधनीलाई करसहित ५% नगद लाभांश दिने निर्णय गरेको हो ।
कुल ५ करोड रुपैयाँ बराबरको प्रतिफल वितरण हुनेछ । नेप्सेमा कुमारी इक्विटी फन्डको आइतबारको अन्तिम कारोबार मूल्य १० रुपैयाँ ६१ पैसा रहेकोे छ ।