मनकामना लघुवित्तको शेयर सोमबारदेखि कारोबारमा आउने |
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणमा जारी गरेको समेत गरी १२ लाख ११ हजार ५०० कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । नेप्सेले सोमबारदेखि कारोबार गर्न मिल्ने गरी कम्पनीको शेयर सूचीकृत गरेको हो ।
कम्पनीको शेयर दोस्रो बजारमा कारोबारको लागि एमकेएलबि कारोबार संकेत पाएको छ भने पहिलो कारोबारको लागि ११० रुपैयाँ ८४ पैसादेखि ३३२ रुपैयाँ ५२ पैसाको रेञ्ज पाएको छ ।
सोमबार यहि रेञ्जमा आधारित रहेको कम्पनीको पहिलो शेयर कारोबार खुल्नेछ ।
लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।
यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता मात्रै सर्वसाधारणलाई वितरण गरिएको थियो ।