२४ घण्टामा ३६११ जनामा कोरोना संक्रमण पुष्टि, २७ को मृत्यु |

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ८१६ जना निको भएका छन् ।
शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ भने ९ हजार ८३४ जनाको मृत्यु भएको छ । त्यस्तै ६ लाख ५२ हजार २६१ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेका छन् ।