स्वरोजगार लघुवित्तको नाफा १६९.६४ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ५२ पैसा पुग्यो |
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (क्ीद्यद्यी) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा बढेको छ।
असार मसान्तसम्ममा लघुवित्तले १५ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६९.६४ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी सामान्य बढेपनि सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३३.९३ प्रतिशत मात्र बढेको छ भने सञ्चालन मुनाफा ६०५.०६ प्रतिशत बढेको छ। सो अवधिमा लघुवित्तको प्रोभिजनिङ्ग २८.८८ प्रतिशत घटेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ६.२९ प्रतिशत बढेको छ भने जगेडा कोष ८८.७९ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ६८.७० प्रतिशत, निक्षेप ४८.०७ प्रतिशत र कर्जा ७५.४९ प्रतिशत बढेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ७३ पैसा बढेर ३७ रुपैयाँ ५२ पैसा पुगेको छ। त्यसैगरी, असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३८.९८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ४२ पैसा रहेको छ।