महुली लघुवित्तको खुद नाफा ३५५.१६ प्रतिशतले बढ्यो |
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा सुधार देखिएको छ।
समीक्षा अवधिमा लघुवित्तको खुद नाफा ३५५.१६ प्रतिशत बढेर ९ करोड ८० लाख रुपैयाँ पुगेको छ। सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएको र उल्लेख्य खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३४.४८ प्रतिशत मात्र बढेको छ। यता लघुवित्तको सञ्चालन मुनाफा भने २९२.९४ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४०.२१ प्रतिशत बढेको छ भने जगेडा कोष ६१.५२ प्रतिशत बढेको छ।
समीक्षा अवधिमा लघुवित्तको सापटी ४३.०३ प्रतिशत, निक्षेप १८.५७ प्रतिशत र कर्जा ३८.१६ प्रतिशत बढेको छ।
खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार भएको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३० रुपैयाँ ३० पैसा बढेर ४३ रुपैयाँ ७८ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४९.७९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ७५ पैसा रहेको छ।