आरएमडिसीको खुद नाफा घट्यो |
काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको नाफा घटेको छ।
अघिल्लो आर्थिक वर्षमा २८ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको यस लघुवित्तले गत आर्थिक वर्षमा २३ करोड २५ लाख मात्र कमाउन सफल भएको छ। लघुवित्तको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२.२४ प्रतिशत घटेको छ भने सञ्चालन मुनापाm २९.३९ प्रतिशत घटेको छ।
लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा १४.९६ प्रतिशत बढेको छ भने सापटी ३२.५९ प्रतिशत र कर्जा लगानी ४६.४४ प्रतिशत बढेको छ।
खुद नाफा घटेसँगै लघुव्त्तिको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ १७ पैसा घटेर २२ रुपैयाँ ४९ पैसा कायम भएको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ६१.०६ गुणा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ३ पैसा कायम भएको छ।