१५.११ अंकले घट्यो नेप्से, कारोबार रकम १० अर्ब ९० करोड |
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि गिरावट आएको छ ।
यस दिन नेप्से परिसूचक १५.११ अंक घटेर ३०७९.८३ विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन नेप्से १५.३० अंक बढेर हालसम्मकै उच्च विन्दु ३०९४.९५ विन्दुमा पुगेको थियो। नयाँ उचाइमा पुगेको नेप्से यस दिन सामान्य करेक्सन भएको हो ।
यस दिन कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन १३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २१७ कम्पनीको १ लाख ६ हजार ६८२ पटकको कारोबारमा १० अर्ब ९० करोड ५८ लाख ३० हजार रुपैयाँ बराबरको २ करोड ६० लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
नेप्से ओरालो लागेपनि यस दिन रिडी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयर यस दिन ६६ रुपैयाँ बढेर ७२९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, यसै दिनदेखि कारोबारमा आएको जीवन विकास लघुवित्तको शेयरमूल्य ८.२२ प्रतिशत बढेर ९८९ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ ।
यस दिन गुडविल फाइनान्सको शेयरमूल्य सर्वाधिक ७.२१ प्रतिशत घटेको छ । त्यस्तै, माउन्टेन हाइड्रोको शेयरमूल्य ६.८४ प्रतिशत र जानकी फाइनान्सको ५.५० प्रतिशत घटेको छ ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१७ प्रतिशत र विकास बैंकको १.१ प्रतिशत घटेको छ । यता वित्त उपसमूहको परिसूचक सर्वाधिक १.९६ प्रतिशत घटेको छ भने लगानी उपसमूहको १.१९ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको यस दिन ३३ करोड भन्दा बढीको शेयर कारोबार भएको छ । त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको २९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।