देशभर थप ३८४० जनामा कारोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु, संक्रमण दर उकालो लाग्दै |
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप देशभर ३८४० जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार पिसिआर र एन्टिजेन विधिबाट गरिएको कुल १५ हजार ८०८ जनाको परिक्षणमा ३८४० जनामा कोरोना पुष्टि भएको हो ।
यो संगै पछिल्ला केही दिनदेखि नेपालमा कारोना भाइरस संक्रमण दर उकालो लागेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना मुक्त भएर १ हाजार ९५३ जना घर फर्किएका छन भने सोही समयमा ३३ जनाको कोरोना संक्रमणबाट निधन भएको मन्त्रालयले जनाएको छ ।
केहि दिनदेखि काठमाडौं उपत्यकामा पनि कोरोना भाइरस संक्रमण बढ्दै गएको तथ्याङ्कले देखाएको छ । बुधबार काठमाडौं उपत्यकाका तिनै जिल्लामा ८५९ जना कोरोना संक्रमित भेटिएका छन । हाल नेपालमा कोरोना संक्रमण दर २४ प्रतिशत रहेको छ ।
नेपालमा हालसम्म ७ लाख ४६ हजार ६५७ जनामा कोरोना भाइरस पुष्टि भइसकेको छ भने ६ लाख ५ हजार ९७२ निको भएर घर फर्किएका छन । मन्त्रालयका अनुसार अहिलेसम्म ७ हजार ७७२ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।