राष्ट्र बैंकले सोमबार जारी गरेको नयाँ निर्देशनले बैंकको बोनस शेयर बढ्ने |
काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनले बैंक तथा वित्तीय सस्थाहरुको बोनस शेयर बढ्ने भएको छ । राष्ट्र बैंकले सोमबार जारी गरेको नयाँ निर्देशनमा २०७८ असार मसान्तभित्रमा असुल हुने पर्ने ब्याज उठान भदौ १५ गतेसम्म पुर्याएकाले बैंकको वितरण योग्य नाफामा वृद्धि हुने देखिएको हो ।
भदौ १५ गतेसम्म म्याद थप भएकाले बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण प्रकाशित गर्ने समय थप हुने र खराब कर्जा व्यवस्थापन सहज हुदा वितरण योग्य नाफा बढ्ने नलिब बैंकका डेपुटी जनरल म्यानेजर मनोज ज्ञावलीले बताएका छन् ।
राष्ट्र बैंकले ऋणमा पनि प्रोभिजनिङ बढाएको छ । राष्ट्र बैंकले असल ऋणमा प्रोभिजनिङ १.३ प्रतिशत पुर्याएको छ । यसअघि असल ऋणमा १ प्रतिशत मात्र प्रोभिजनिङ गरे पुग्ने थियो । यसले गर्दा हाल ४१.५ खर्ब कर्जामध्ये खराब कर्जा र पुनरतालिकीकरण गर्दा ३९ खर्बमा थप ०.३० प्रतिशत खराब कर्जा थप हुने ज्ञावालीको विश्लेषण छ । त्यस्तै, ११.७ खर्ब थप कर्जा नोक्सानीका लागि व्यवस्थापन गर्न पर्ने देखिने उनको भनाइ छ ।
राष्ट्र बैंकले पहिले गइसकेको ऋणमा कोभिड १९ महामारीको समयमा पुनरुत्थान भनेर चालु पुँजीको २० प्रतिशत र आवधिक ऋणको १० प्रतिशतसम्म थप नगद दिने ब्यवस्था गरेको थियो । अतिरिक्त ऋणमा १ प्रतिशत प्रोभिजनिङ गर्दा हुनेमा अहिलने ५ प्रतिशत पोभिजनिङ गर्नु पर्ने भएको छ ।
तर, प्रोभिजनिङमा गरिएको नयाँ ब्यवस्थाले लाभांस वितरण क्षमतामा ३० प्रतिशतसम्मको गिरावट आउने छ । बैंक तथा वित्तीय संस्थाहरुको खुद नाफा ७.४ अर्ब कम हुनसक्ने छ । त्यस्तै, बढी कर्जा प्रभाव गरेका बैंकहरुको आर्थिक वर्ष २०७७/७८को नाफामा ठूलो असर पर्ने ज्ञावलीको विश्लेषण छ ।
आर्थिक वर्ष २०७७/७८ को लाभांश वितरणमा खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशत वा २०७८ असार मसान्तको कायम निक्षेपको भारीत औषदभन्दा बढी नहुने देखिएको छ । यस्तो वितरण योग्य मुनाफा ५ प्रतिशतभन्दा भएमा कर प्रयोजनका लागि बाहेक नगद लाभांश दिन नपाइने भएकाले बैंकहरुले अब बोनस शेयर दिन तर्फ लाग्ने समेत ज्ञावलीले तर्क गरेका छन् ।