दुई लघुवित्त संस्था र एक हाइड्रोपावर कम्पनी आईपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगे |
काठमाडौं । एक हाइड्रोपावर र दुई लघुवित्त वित्तीय संस्था सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेका छन् ।
मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् ।
मोलुङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।
यस्तै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशनको लागि आवेदन दिएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
यसैगरी राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्थाले पनि ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
काठमाडौं । आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउन थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौले स्वास्थ्य मापदण्ड पुर्याएर सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आजैदेखि लामो र मध्यम दूरीका सवारी साधन सञ्चालनमा ल्याएका हुन् ।
विश्वविद्यालय र लोकसेवा आयोगका परीक्षालाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सवारी लामो दूरीका सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्ने सूचना जारी गरेको थियो।
प्रशासनले यात्रुलाई अनिवार्य रुपमा काउन्टरबाट मात्र टिकट लिएर यात्रा गर्न अनुरोध गरेको छ भने यातायात व्यवसायीहरुलाई पनि स्वास्थ्य मापदण्ड पालना गराउन निर्देशन दिएको छ ।