एनएलजी इन्सुरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ? |
काठमाडौं । एनएलजी इन्सुरेन्सले साउन २१ गते बिहीबार वार्षिक साधारण सभा डाकेको छ । यस इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५२% नगदसहित कुल १०.५२% लाभांश दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।
यस्तै, आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।
सभा, एनएलजीको प्रधान कार्यालय पानीपोखरी, काठमाडौंमा बिहान १० बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।
साधारण सभा प्रयोजनका लागि साउन १४ गतेबाट बुक क्लोज गर्ने भएको छ । साउन १३ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।