एनएमबि बैंकका ग्राहकले दराजबाट सामान किन्दा म्याक बुक प्रो १३ जित्न सक्ने |

काठमाडौं । एनएमबि बैंक लिमिटेड र अनलाइन बजार दराजले महाबचत बजार अभियान घोषणा गरेका छन् । हालैमात्र राजधानीमा एक कार्यक्रमका बीच दुई संस्थाले व्यवसायिक साझेदारी गर्ने सहमती गर्दै श्रावण ३ गतेदेखि महा बचत बजार अभियानको घोषणा गरेका हुन् ।
यस अभियानको मुख्य उदेश्य ग्राहकहरुका लागि बचत साथै अनलाइन प्री–पेमेन्ट प्रबर्धन गर्नु रहेको साझेदार कम्पनीले जनाएको छ ।
अभियानको मुख्य हाइलाइटहरूमा एनएमबि बैंकको डेबिट, क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्ने ग्राहकले अधिकतम ४ हजार रुपैयाँसम्मको नगद छुट पाउने छन् भने, उक्त अभियानको बम्पर उपहारमा एक जना ग्राहकले म्याक बुक प्रो १३ जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।
एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।