एनएमबि क्यापिटलको कामु सीईओमा नेपाल नियुक्त |

काठमाडौं । एनएमबि क्यापिटलको कायम मुकायम (कामू) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमलप्रसाद नेपाल नियुक्त भएका छन् । असार ३० गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले नेपाललाई कामू सीईओको जिम्मेवारी दिएको हो ।
यससँगै उनले आज (साउन १ गते) देखि नै लागू हुने गरी संस्थाको आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । उनी संस्थाको नायव महाप्रबन्धक पनि हुन् ।
संस्थाका सीईओ श्रीजेश घिमिरेको कार्यकाल सकिएसँगै समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि नेपाललाई कामू सीईओको जिम्मेवारी दिएको हो । सीईओ घिमिरेको कार्यकाल असार ३१ गतेदेखि सकिएको थियो ।
यससँगै नवनियुक्त कामू सीईओ नेपालले संस्थाले अर्को व्यवस्था नगरेसम्म उक्त पदको कार्यभार सम्हाल्ने छन् ।