सेञ्चुरी कमर्सियल बैंकको कामु सीईओमा मनोज न्यौपाने नियुक्त |

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा मनोज न्यौपाने नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले न्यौपानेलाई कार्यकारी सीईओमा नियुक्त गरेको हो ।
यसअघिका सीईओ तुलसीराम गौतमले साउन १ गतेदेखि लागू हुने गरी राजीनामा दिएसँगै रिक्त रहेको उक्त पदमा बैंकले साउन १ गतेदेखि नै लागू हुने गरी न्यौपानेलाई जिम्मेवारी दिएको हो ।