वार्षिकोत्सवमा नबिल बैंकले ल्यायो ३७ दिने अफर, स्मार्ट बैंक तथा लकरहरुमा छुटैछुट |

काठमाण्डौ । नबिल बैंकले ३७ औँ वार्षिकोत्सवका अवसरमा ग्राहकका लागि कार्ड, स्मार्ट बैंकलगायत लकरहरुमा विभिन्न छुट प्याकेजसहित ‘37 Days of Happiness’ अफर ल्याएको छ।
यस अफरअन्तर्गत नबिल बैंकले आजदेखि ३७ दिनसम्म नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आईकार्ड, नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ) र लकर शुल्कहरुमा विशेष छुटको व्यवस्था गरेको छ। उक्त अफर असार २८ गतेदेखि भदौ १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खाताहरुमा मात्र उपलब्ध भएको हुनाले नबिल बैंकको नजिकको शाखामा गई ग्राहकले खाता खोलि अफरको लाभ लिई ढुक्क हुन सक्नेछन्।
सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १३५ शाखा, १८३ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोशेढुंगाका रुपमा काम गर्दै आएको छ। यो बैंक ग्राहकको उच्च सन्तुष्टि एवं आधुनिक बैंकिङ युगको सुरुआत गर्नेतर्फ केन्द्रित रहेको छ।