सहारा विकास बैंकले तीन वर्षको लाभांश दिने |
काठमाडौं । सहारा विकास बैंकले तीन आर्थिक वर्षको लाभांश वितरण गर्ने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले पछिल्लो तीन आर्थिक वर्षको संञ्चित मूनाफाबाट चुक्ता पुँजीको ५ दशमलव ०५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।
बोनस सेयरको कर प्रयोजनका लागि बैंकले ०.२७ प्रतिशत नगद लाभांश समेत दिने बताएको छ । बैंकले पछिल्लो तीन आर्थिक वर्षको साधारणा सभा समेत गराएको थिएन । लाभांश राष्ट्र बैंकबाट स्वीकृत गराएर साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने बैंकले जनाएको छ ।