नेप्से सूचकसंगै कारोबार रकम पनि ओरालो लाग्दै |
काठमाडौं । यस दिन नेप्से सूचक ५.२४ अंकले घटेर २८१८ विन्दुमा झरेको छ। यस दिन २२० कम्पनीका १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर किनबेच भएर ४ अर्ब २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
सोमबार ४ अर्ब ५८ करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
यसदिन कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूहको सूचक मात्रै सकारात्मक भएका छन्। निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ। यस्तै बैकिङ, माइक्रोफाइनान्स र जीवन बीमा उपसमूहको सूचक सकारात्मक देखिएको छ।
यता लगानी उपसमूहको सूचक भने सर्वाधिक २.१३ प्रतिशतले घटेको छ। हाइड्रोपावर र व्यापार उपसमूहको सूचक पनि १ प्रतिशतभन्दा धेरैले घटेको छ ।
मंगलबार नेप्से सूचक सामान्य अंकले घटेपनि राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य भने सर्वाधिक ८.३१ प्रतिशतले बढेर प्रति कित्ता २२ हजार ५२ रुपैयाँमा अन्तिम कारोबार भएको छ। माउन्टेन इनर्जी नेपालको शेयरमूल्य ५ प्रतिशतले बढ्दा सिभिल लघुवित्त, कर्पोरेट डेभलपमन्ट बैंक र समिट लघुवित्तको शेयरमूल्य पनि ३ प्रतिशतभन्दा धेरैले बढेको छ।
यता एचआईडिसीएल र अपर तामाकोशीको शेयरमूल्य भने ५ प्रतिशतभन्दा धेरैले घटेको छ। रिडी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, नेपाल इन्स्योरेन्स, राधी विद्युत, जोशी हाइड्रोपावर र विशाल बजार कम्पनीको शेयरमूल्य पनि ३ प्रतिशत भन्दा धेरैले घटेको छ।
कारोबार रकमको आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। हिमालयन डिष्टिलरीको ३५ करोडभन्दा धेरैको शेयर कारोबार भएको छ। अपर तामाकोशीको शेयर पनि २० करोड ५२ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ।