सिद्धार्थ व्यवस्थित लगानी योजना–२ फन्डमा आवेदन दिने आज अन्तिम दिन |
काठमाडौं । सिद्धार्थ व्यवस्थित लगानी योजना–२ फन्डमा आवेदन दिने आज (असार २० गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
सिद्धार्थ क्यापिटलले असार १६ गतेदेखि प्रतिइकाई १० रुपैयाँको दरले सिद्धार्थ व्यवस्थित लगानी योजनाको २ करोड इकाई बिक्री खुला गरेको हो । सिद्धार्थको यो खुलामुखी म्युचुअल फन्ड योजना हो ।
क्यापिटलका अनुसार २ करोड इकाई सार्वजनिक रुपमा बिक्री गरी बाँडफाँट भइसकेपछि खुद सम्पति मूल्यका आधारमा तोकिएको प्रतिइकाई मूल्यमा योजना व्यवस्थापक वा योजना व्यवस्थापकले तोकिएको इकाई बिक्रेतामार्फत दैनिक खुद सम्पति मूल्य गणना गरी सो मूल्यलाई इकाई पुनर्खरिद तथा बिक्री मूल्यका रुपमा लिई कारोबार गरिनेछ ।
योजनाको सुरुको आकारको ५% इकाई योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल र १०% इकाई कोष प्रवद्र्धक सिद्धार्थ बैंकले बिज पुँजीको रुपमा लगानी गर्ने सिद्धार्थ क्यापिटलले जनाएको छ । फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।