वर्ल्ड रेमिटबाट खल्ती खातामा पैसा प्राप्त गर्दा रू. २०० बोनस पाइने |

काठमाडौं । अनलाइन पेमेन्ट सेवाप्रदायक कम्पनी खल्ती डिजिटल वालेटले वर्ल्ड रेमिटबाट पैसा पठाउँदा खल्तीको खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ । उक्त सुविधा अन्तर्गत पठाइएको रकम खल्तीबाट प्राप्त गर्ने व्यक्तिले २०० बोनस तुरुन्तै पाउनेछन् ।
वर्ल्ड रेमिटसँगको यस सहकार्यले चौविसै घण्टा ५० भन्दा बढी राष्ट्रहरूबाट नेपालमा रहेको व्यक्तिको खल्ती खातामा चाहे जति रकम सजिलै पैसा प्राप्त गर्न सम्भव बनाएको छ । प्राप्त गर्ने व्यक्तिले खल्ती आइडी बनाई केवाइसी भेरिफाई भने गराएको हुनुपर्ने खल्तीले जनाएको छ ।
खल्तीमा पैसा पठाए पश्चात केहि नगरी पैसा र बोनस स्वतः दुबै खल्तीमा लोड हुनेछ । यसको विवरण खल्ती एपको ट्रान्जेक्सन सेक्सनमा गइ सहजै हेर्न सकिन्छ ।
खल्ती डिजिटल वालेटको रेमिट्यान्स विभाग प्रमुख सौरभ राज पाण्डेले डिजिटल प्लेटफर्म मार्फत ग्राहकहरुको आवस्यकता पुर्ति गर्न प्रतिबद्ध रहेको बताए । उनले वर्ल्ड रेमिटसँगको यो सहकार्यले संसारको जुनसुकै ठाउँबाट निर्वाध रुपमा सरल र झन्झट रहित तवरले पैसा पठाउन, पाउन, र व्यवसायलाई झन्झट रहित तवरले अनलाइन भुक्तानी गर्न थप मद्दत मिल्ने बताए । भरपर्दो, सस्तो, र छिटो सेवा भएकोले यो माध्यम धेरैको रोजाइमा पर्ने विश्वास कम्पनीको छ।
वर्ल्ड रेमिटका दक्षिण एशियाको लागि कन्ट्री डाइरेक्टर रुजान अहमदले खल्तीसँगको यस सम्झौताले अब ग्राहकहरुलाई सहजै आफ्नो परिवार तथा आफन्तलाई पैसा पठाउन सजिलो बनाएको बताए । यो सेवाले विदेशबाट पठाइएको रकम नेपालमा खल्तीमार्फत प्राप्त गर्न धेरै सहज हुने विश्वास लिएको पनि उनले बताए ।