राष्ट्र उत्थान लघुवित्तको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त |
कठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
उक्त सम्झौतामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट नायब कार्यकारी निर्देशक जया लोहनी र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले आज असार १४ गते हस्ताक्षर गरे ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले ८ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।