नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा मैनाली नियुक्त |

काठमाडौं । नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन्। पछिल्लो समय तत्कालीन अध्यक्ष लक्ष्मण न्यौपानेको पदावधि सकिएपछि उक्त पद रिक्त रहेको थियो।
नेप्सेमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत पद नेपाल सरकार अर्थ मन्त्रालयको सिफारिसमा मन्त्री परिषदले गर्ने गर्छ। तर यति बेल नयाँ नियुक्त गर्न सरकारलाई अप्ठ्यारो परेकोले मन्त्रालयका सहसचिवलाई नै अध्यक्ष बनाएर पठाइएको बुझिएको छ।
मैनालीले सोमबार नै अध्यक्षको पदभार ग्रहण गरिसकेका छन्।