काठमाडौं उपत्यकामा २५ भन्दा बढी सिट भएका सार्वजनिक सवारी साधन चल्न पाउने |

काठमाडौं । भोलीदेखि काठमाडौं उपत्यकामा २५ भन्दा बढी सिट भएका सवारी साधनलाई जोर बिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय भएको छ । ती सवारीलाई जनस्वास्थ्यका मापदण्ड पालना गरेर सिट क्षमताअनुसार जोर बिजोरअनुसार चलाउन दिने निर्णय सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले गरेको हो ।
यस्तै दैनिक उपभोग्य बस्तु तथा खाद्यान्न पसल पनि बिहानदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न दिइने निर्णय भएको छ । अन्य पसलहरूको हकमा पनि बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न दिइने निर्णय भएको छ । वैशाख १६ गतेयता सार्वजनिक सवारी साधन बन्द छन् ।
पछिल्लो निर्णयसँगै मंगलबारदेखि काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढी क्षमता भएका सवारी साधन स्वास्थ्य मापदण्ड अपनाएर चल्न पाउनेछन् । माइक्रो तथा टेम्पोजस्ता साना सवारी साधनको हकमा लगाइएको रोक भने कायमै छ । लामो दूरीका सवारी साधन भने चलाउन पाइने छैन ।