ज्योति विकास बैंकको असार २० बाट १५ लाख इकाई बोन्ड खुल्ने |
काठमाडौं । ज्योति विकास बैंकले असार २० गतेदेखि १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई बोन्ड निष्कासन गर्ने भएको छ । यसमध्ये ६ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बाँकी ९ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ । यस बोन्डमा वार्षिक ९% ब्याज पाइनेछ ।
ज्योतिले ‘९%, १० वर्ष, ज्योति विकास बैंक बोन्ड २०८७’ बिक्री गर्न लागेको हो । यो बोन्ड वि.सं २०८७ मा परिपक्क हुनेछ । बोन्ड जारी गर्न ज्योतिले एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । लगानीकर्ताले असार २३ गतेसम्म यसमा आवेदन दिन पाउनेछन् ।उक्त अवधिमा सबै बोन्ड बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन पाइनेछ ।
बोन्डमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म भर्न पाइनेछ । यस बोन्डमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।