आँधिखोला लघुवित्तको साधारण सभा असार ३१ गते आव्हान |
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३१ गते चौथो वार्षिक साधारण सभा डाकेको छ।
लघुवित्तले होटल गाँउबेशीको सभाहल, वालिङ, स्याङ्जा बिहान साढे ११ बजे सो सभा डाकेको हो।
सभाले लघुवित्तले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने गाभिने तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, लेखापरीक्षक नियुक्त गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पनि सो सभाले पारित गर्नेछ।
धौलागिरी लघुवित्तसँगको मर्जर प्रयोजनार्थ लघुवित्तको शेयर कारोबार २०७६ पुस ३ गतेदेखि रोक्का रहेको छ।