मुक्तिनाथ विकास बैंकले एक अर्ब २५ करोडको ऋणपत्र निष्काशन गर्ने |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले एक अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट असार ८ गते अनुमति पाएकाे हाे ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र बिक्री गर्न अनुमति पाएकाे छ ।
त्यस मध्ये ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने छ भने ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्ने छ ।
बैंकले बिक्री गर्न लागेको ७ बर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८.७५ प्रतिशतका दरले ब्याजदर पाउने छन् ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।