हुन्डाई नयाँ वर्ष २०७८ योजना पुनः सुचारु, असार ३१ सम्म सहभागिता जनाउन सकिने |
काठमाडौं । हुन्डाईको लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो नयाँ वर्ष योजना “यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं” असार ३१ गते सम्मलाई विस्तार गरेको छ ।
पहिले यस योजनाको अवधि २०७७ चैत्र १९ देखि २०७८ वैशाख १७ सम्म रहेकोमा निषेधाज्ञाका कारण योजना स्थागित गरेकोमा पुनः सुचारु गरिएको कम्पनीले जनाएको छ । बब यस योजना असार ८ देखि असार ३१ सम्म पुनः सुचारु गरिएको कम्पनीले जनाएको छ ।
यो योजनाअन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ । यो योजनाअन्तर्गत हरेक खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट स्क्रयाच कार्ड मार्फत ७८ हजारसम्मको अतिरिक्त छुट १५ हजार बराबरको लोयल्टी बोनस, १ सम्मको एक्सचेञ्ज बोनस तथा १ वर्षको बीमा सुबिधा प्राप्त गर्न सक्नेछन् ।
हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरूमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ ।