बुधबार सुन र चाँदी दुबैको मूल्य सामान्य घट्यो |

काठमाडौं । बुधबार सुन र चाँदी दुबैको मूल्य सामान्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा ३०० रुपैयाँ र चाँदीको मूल्य ५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९१ हजार र तेजाबी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।