निर्धन उत्थान लघुवित्तको सञ्चालकमा सन्तोषकुमार भट्टराई नियुक्त |

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा सन्तोषकुमार भट्टराई नियुक्त भएका छन् । असार ४ गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
भट्टराईलाई एभरेष्ट बैंकको तर्फबाट मनोनयन गरी पठाएसँगै संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
यससँगै, नवनियुक्त सञ्चालक भट्टाईले आजदेखि नै लागू हुने गरी आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । उनले आजै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनीयताको सपथ लिएका हुन् ।