सूर्या लाइफ इन्सुरेन्सको सीइओमा पवन कुमार खड्का नियुक्त |

काठमाडौं । सूर्या लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पवन कुमार खड्का नियुक्त भएका छन् । कम्पनीले आज (असार १ गते) देखी लागू हुने गरी उनलाई नियुक्त गरेको हो ।
कम्पनी सञ्चालक समितिको जेठ ३१ गते बसेको बैठकले खड्कालाई आगामी ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गरेको हो । यसअघि खड्का सूर्या लाइफमा निमित्त सीइओको रुपमा कार्यरत रहेका थिए ।