थप २,७४५ जनामा कोरोना संक्रमण, ४१ जनाको मृत्यू |

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २७४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ४१८७ जनाले कोरोना जितेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १३ हजार २९० जनामा परीक्षण गर्दा २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै बितेको २४ घण्टामा ४१ जनाले ज्यान गुमाएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणका ६ लाख १२ हजार २०२ र एन्टिजेन विधिबाट भएको परीक्षणका २२ हजार ४०३ जना रहेका छन् ।
यस्तै निको हुने कुल संख्या ५ लाख ४० हजार ४३९ जना रहेको छ भने मृतकको कुल संख्या ८५०६ पुगेको छ।