नेप्से ३००० विन्दुमाथि, करिब १ दर्जन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार |

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३००० विन्दु माथि बन्द भएको छ। यस दिन नेप्से ४२.७२ अंक बढेर ३०२५.८३ विन्दुमा बन्द भएको छ।
यस दिन २२१ कम्पनीको १ लाख ७५ हजार ४११ पटकको कारोबारमा १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार रुपैयाँ बराबरको ३ करोड ५० लाख २७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन कारोबारमा आएका ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, ङादी ग्रुप पावर, ओरियन्टल होटल, सिईडीबी हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटल, यूनियन हाइड्रोपावर, एचआईडिसीएल र सोल्टी होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस दिन माउन्टेन हाइड्रोको ५.०१ प्रतिशत घटेको छ भने अरुण भ्याली हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर र गुडविल फाइनान्सको ४ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ६२ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, अपि पावर र हिमालयन डिष्टिलरीको ५० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।