मिर्मिरे लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने नियुक्त |

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त भएका छन् ।
कम्पनीको जेठ २९ गतेको सञ्चालन समितिको बैठकले कम्पनीका नायव कार्यकारी प्रमुख न्यौपानेलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।
असार १ गतेदेखि लागू हुने गरी न्यौपानेलाई उक्त जिम्मेवारी दिईने जानकारी समेत कम्पनीले दिएको छ ।