शिखर इन्सुरेन्सले ३०% हकप्रद बिक्री गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति |
काठमाडौं । शिखर इन्सुरेन्स कम्पनीले ३०% हकप्रद बिक्री गर्ने अनुमति मागेको छ । कम्पनीले १०ː३ अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
शिखरले हाल कायम १ अर्ब ७५ करोड रुपैयाँमा ३०% हकप्रद बिक्री गर्न लागेको हो । उक्त हकप्रद बिक्रीपछि पुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।
शिखर इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३६ करोड ३३ लाख २० हजार रुपैयाँ नाफा कमाएको छ । इक्रा नेपालले यस हकप्रदलाई कम जोखिम जनाउने ‘इक्राएनपी आइआर सिंगल ए’ ग्रेडिङ प्रदान गरेको छ ।