प्याजलाई लामो समय सुरक्षित राख्ने तरीका |
प्याज अधिकांश नेपालीको भान्सामा उपभोग हुने तरकारी हो । प्याजमा हाम्रो शरीरलाई आवश्यक पर्ने विभिन्न लाभदायी गुण हुन्छन् । यो लाभदायी खाद्यउपज छिट्टै बिग्रिन नदिन के गर्ने त ? हेरौं केही टिप्सहरू
पेपर ब्यागमा राख्ने
प्याजलाई सधैंभरि सुक्खा ठाउँमा राख्नुपर्छ, जसका लागि पेपर ब्याग एउटा राम्रो विकल्प हो । प्याजलाई पेपर ब्यागभित्र राखेर बन्द गर्नुपर्छ । साथै, ब्यागमा साना साना प्वालहरू बनाउनुपर्छ । प्याजलाई चिसो ठाउँमा नराख्नुहोस् ।
प्लाष्टिकको प्रयोग नगर्ने
हामी बजारमा प्याज किनेपछि प्लाष्टिकको झोलामा ल्याउने गर्छांै । हामी त्यसैमा प्याजलाई राखिरहेका हुन्छौं । तर, यसमा राख्नाले प्याजमा चिसो आउने हुनाले यो बिग्रने सम्भावना हुन्छ । त्यसकारण, प्याजलाई प्लाष्टिकका झोलाबाट निकालेर कुनै सुक्खा भाँडोमा राख्नुपर्छ ।
आलुसँगै नराख्ने
हामी बजारमा प्रायः प्याज र आलु एकैपटक किन्ने गर्छौं । यसरी किने पनि घरमा भने यी दुईलाई छुट्टाछुट्टै भाँडामा भण्डारण गरेर राख्नुपर्छ । दुवैलाई एउटै भाँडोमा राख्दा चाँडै बिग्रन सक्छ । खासगरी प्याजलाई आलुसँगै राख्नाले त्यो चाँडै कुहिने गर्छ ।
अँध्यारो तथा सुक्खा ठाउँमा राख्ने
प्याजलाई अँध्यारो तथा सुक्खा ठाउँमा राख्ने हो भने यो लामो समयसम्म बिगँ्रदैन । त्यसैले, यस्तै उपयुक्त ठाउँमा त्यसलाई राख्नुहोस् ।