शिक्षाको गुणस्तर सुधारका लागि विश्व बैंकले नेपाललाई ६ करोड डलर सहयोग गर्ने |
काठमाडौं । नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि विश्व बैंकले ६ करोड डलर सहयोग गर्ने भएको छ ।
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले अनलाइन शिक्षाको स्तर बढाउन, उच्च शिक्षाको गुणस्तर सुधार र विपन्न एवं कमजोर विद्यार्थीहरूका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उक्त सहयोग गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।
सो सहयोगले गुणस्तरीय उच्च शिक्षामा पहुँच सुधार र विद्यार्थीहरूलाई श्रमबजारमा माग भएका सीपहरू प्राप्त गर्न मद्दत गर्ने नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री निर्देशक फरिस हदद–जर्भोसले बताए ।