सिभिल बैंकको सिइओमा सुनिलकुमार पोखरेल नियुक्त |
काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले आगामी चार वर्षका लागि पोखरेललाई सीइओ नियुक्त गरेको हो ।
उनको कार्यकाल आगामी असार १८ गतेदेखि लागू हुनेछ ।
नवनियुक्त सिइओ पोखरेलसँग एनआइसी एशिया, नबिल, स्ट्यान्डर्ड चाटर्ड बैंक लगायतको बैंकमा काम गरेको अनुभव छ । यस अघि उनी सिभिल बैंकमै डेपुटी सीइओ रूपमा कार्यरत थिए ।
तत्कालीन सीइओ गोविन्द गुरुङले गत वैशाख १८ गते राजीनामा दिएपछि बैंकको सीइओ पद रिक्त रहेको थियो ।