३७५० जनामा कोरोना संक्रमण, ६७ जनाको मृत्यु |

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ । त्यस्तै ५२२५ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै १० वर्ष मुनिका ८१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २११ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।