राष्ट्रिय आविस्कार केन्द्र र ब्रिटिश कलेजले कोभिड–१९ राहत कार्यमा सहकार्य गर्ने |

काठमाडौँ । थापाथलीस्थित रहेको द ब्रिटिश कलेज र राष्ट्रिय आविस्कार केन्द्र (नेशनल इनोभेशन सेन्टर) ले संयुक्त रुपमा कोरोना महामारीविरुद्ध लड्न नयाँ सामाजिक कल्याण सहयोगको घोषणा गरेका छन्।
दुवै संस्थाले संयुक्तरुपमा मिलेर नेशनल इनोभेशन सेन्टरलाई थप उर्जासील बनाउन र राहत कार्यलाईअझ सुदृढ पार्न परियोजनाअगाडि बढाउने भएका हुन्।
कलेजका निर्देशक महेन्द्र राज कँडेलले नेशनल इनोभेसन सेन्टरसँग साझेदारी गर्न पाउँदा खुशी लागेको बताए।
ब्रिटिश कलेजले लामो समयदेखि यस्ताप्रकारको साझेदारी र सामाजिक कार्यहरू गर्दै आएको उनको भनाइ छ।
यो समझदारीले कोरोना विरुद्ध लड्न धेरै सहयोगी भुमिका विश्वास लिइएको छ।
सामूहिकरूपमा, टिबिसीरएन आइसीले कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवयश्क स्वास्थ्यसामाग्रीहरु वितरण गर्ने लक्ष्य राखेको छ। आममानिसलाई आवश्यक सेवाहरू प्रदान गरिने बताइएको छ।
यसका लागि टिबिसीले राष्ट्रिय आविस्कार केन्द्रलाई अनुदान दिनेछ। साथै एनआइसीले सांगठनिक र व्यक्तिगत रुपमा निरन्तर अनुसन्धान गर्दै योगदान गर्नेछ।
यस क्रममा संयुक्तरुपमा टिबिसी र एनआइसीले कोभिड–१९ राहत कार्यक्रमलाई विभिन्न तरिकाले अगाडि बढाइने बताइएको छ।