काठमाडौँ उपत्यकामा थप १,११५ जनामा कोरोना संक्रमण |

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७९० जना, भक्तपुरमा १३५ जना र ललितपुरमा १९० जना कोरोना संक्रमित भेटिएका छन् ।
सोमबार देशभर थप ४,४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ९२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।