नबिलले युनाइटेड फाइनान्सलाई एक्वायर गर्ने प्रस्ताव विशेष साधारण सभामार्फत पारित गरिँदै |
काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्वायर गर्ने प्रस्ताव पारित गर्न दुबै कम्पनीले विशेष साधारण सभा डाकेका छन् ।
यी दुबै कम्पनीले असार ५ गते आ–आफ्नो केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सञ्चालन गरिने गरी सभा डाकेका हुन्। दुबै कम्पनीको सभा बिहान ११ बजे शुरु हुनेछ ।
सो सभाले युनाइटेड फाइनान्स (ग) लाई नबिल बैंकले १०० बराबर ३५ को शेयर स्वाप रेशियोमा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसका साथै एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालन समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
विशेष साधारण सभा प्रयोजनार्थ दुबै कम्पनीले जेठ २८ गते बुकक्लोज गर्ने भएका छन् । सोभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।